पहिरोमा परेर बाजुरामा एक बालकको मृत्यु, एक जना गम्भीर घाइते – Kanika Khabar
Friday, September 29Nepali News Portal

पहिरोमा परेर बाजुरामा एक बालकको मृत्यु, एक जना गम्भीर घाइते

    मा प्रकाशित

कनिका खबर
साउन २५, बाजुरा
बाजुराको गौमुल गाउँपालिका–४ डाँडाबाडा भैंसी छाना गुवानीमा पहिरोमा परेर एक बालकको मृत्यु भएको छ । पहिरोमा परेर १२ वर्षीय अनिश विकको मृत्यु भएको स्थानीय गोरख विकले जानकारी दिनुभयो । पहिरोमा परेर स्थानीय ६० वर्षीय भिके कामीको गम्भीर घाइते हुनुभएको छ । आज बिहान पहिरो झरेको हो । पहिरोमा परेर ४ बाख्रा र एक गोरु मरेको छ । स्थानीयसमेत नभएको र विकट लेकमा भएका कारण उद्दारको लागि समस्या भएको छ । घटना स्थलमा गई तत्काल राहत र उद्दारकार्यमा जुट्न जनप्रतिनिधिहरु र स्थानीयलाई गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले आग्रह गर्नुभएको छ । गौमुल गाउँँपालिकाका उपाध्यक्ष सीता थापासहित जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टाराई नेतृत्वको टोली घटना स्थल तर्फ गएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्