बलात्कार लुटपाट गरि फरार पक्राउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बलात्कार लुटपाट गरि फरार पक्राउ

    मा प्रकाशित

कनिका खबर
साउन २५, नुवाकोट
नुवाकोटकी एक महिलालाई सामूहिक वलात्कार र घरमा चोरी गरि फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शिबपुरी गाउँपालिकामा गत चैत २ गते पाँचजनाको समूहमा आएका युवाले महिलालाई बलात्कार गरि घरमा चोरी समेत गरेर फरार भएका थिए । घटना भएको पाँच महिनापछि दुई जना दोषीलाई पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।

शिबपुरी गाउँपालिका ५ कुखुरे घर भएकी ३७ बर्षकी ति महिलालाई आफ्नै घरमा सुतिरहेको वेला पाँच जना युवाको समूहले सामूहिक वलात्कार गरी नगद र मोबाईल फोन चोरेर भागेका थिए । भाग्ने क्रममा उनीहरुले आफुले बोकेको मोबाईल फोन घटना स्थलमै छाडेपछि पक्राउ गर्न सजिलो भएको नुवाकोटका प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

मोबाईलको कलडिटेल तथा टावर लोकेशन हेर्दा मोवाईल फोन प्रयोगकर्ता शिबपुरी गाउँपालिका ५ का २५–बर्षिय उमेश तामाङ रहेको र सोहि फोनवाट अरु दोषीलाई समेत पक्राउ गर्न सजिलो भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी बताउनुभयो । घटनामा संलग्न तामाङ सहित दुप्चेश्वर गाउँपालिका ५ का ३५ बर्षका सानोकान्छा तामाङलाई चैत–६ गते काठमाडांैको नारायणस्थानमा पक्राउ गरेकामा उनलाई पक्राउ गरिएपटि अरुलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँकी तिन जनाको खोजि भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्