वडाध्यक्ष सुनारी आफै बाटो मर्मतमा जुटे – Kanika Khabar
Thursday, March 28Nepali News Portal

वडाध्यक्ष सुनारी आफै बाटो मर्मतमा जुटे

    मा प्रकाशित

ओमप्रकाश गुप्ता
सिसहनियाँ २५ साउन ।
दाङका एक वडा अध्यक्ष आफ्नो वडाको बाटो मर्मत गर्न आफै जुटेका छन् । चिल्लो गाडी चढ्ने र चिल्लै कुर्सीमा बसेर जनताको सेवा गर्ने बेलामा दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर भने धुलाम्मे भएर आफ्नो वडाको बाटो मर्मत गर्न आफै जुटेका हुन् । वडा अध्यक्ष सुनारी सँगै अन्य २ वडा सदस्यहरू अलि मोहम्मद मिया र ददिबहादुर बराल पनि बाटो मर्मत गर्न जुटेका हुन् । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ श्रीनारायण चोक मौरीघाट देखि देवीकोट हुँदै प्युठानको मुर्कुटी सम्म जोड्ने बाटो अन्तरगत उपल्लो धरमपानी देखि देवीकोट गाउँसम्मको करिव ३ किलोमिटर बाटो वडाध्यक्ष सुनारीको अगुवाईमा, देवीकोटदेखि रूपाकोट सम्मको करिव ३ किलोमिटर बाटो वडा सदस्य अलि मोहम्मद मिया र बाउन्नेपाटा देखि जावुने सम्मको ७ किलोमिटर बाटो वडा सदस्य ददिबहादुर बरालको नेतृत्वमा मर्मत गरिएको वडा अध्यक्ष सुनारीले बताएका छन् । वर्षा सुरू भएयता बाटो अत्यधिक बिग्रिएपछि पैदल हिड्न, बिरामीलाई अस्पताल सम्म पुर्‍याउन र गाडी चल्न समेत रोकिएपछि जनप्रतिनिधि र गाउँलेहरू बाटो मर्मतमा जुटेका हुन् । यस विषयमा वडा अध्यक्ष सुनारीले गाउँपालिकालाई बाटो मर्मत गरिदिन आग्रह गर्दा गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले वर्षापछि मात्र बाटो मर्मत गरिदिने बताएपछि कुनै उपाय नलागेर गाउँपालिकाको मुख ताक्नु भन्दा आफै गर्दा उपयुक्त हुने देखेर वडा अध्यक्ष सुनारी बाटो मर्मतमा आफै अगाडि सरेका हुन् । वडा अध्यक्ष सुनारी बाटो मर्मतमा आफै जुटेपछि अन्य जनप्रतिनिधि र गाउँहरू पनि जुटेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्