रेडक्रम सोसाइटीद्वारा स्वास्थ्य सामग्री प्रदान – Kanika Khabar
Saturday, April 20Nepali News Portal

रेडक्रम सोसाइटीद्वारा स्वास्थ्य सामग्री प्रदान

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
साउन २५, दाङ ।

नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा दाङले राप्ती गाउँपालिका लाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
कोभिड १९ को जोखिमबाट नागरिकलाई सुरक्षित राख्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नेपाल रेडक्रम सोसाइटीद्वारा स्वास्थ्य सामग्री उपलब्ध गराइएको राप्ती गाउँपालिका विपद् फोकल पर्सन सुवास भट्टाईले जानकारी दिएका छन् ।
विभिन्न पालिकाहरुमा जस्तै यस राप्ती गाउँपालिकाको कोरना भाईरसको संक्रमण न्युनिकरण अभियानलाई तीव्रताका साथ अघि बढाउने अभियानमा सहयोग पु¥याउने उद्देश्यका साथ स्वास्थ्य सामग्री प्रदान गरेको सभापति नारायण आचार्यले जानकारी दिए ।
कोभिड १९ को जोखिमबाट नागरिकलाई सुरक्षित राख्न सन्देश मुलक फेलेक्स ब्यानर, डस्टविन, ट्वाईलेट ब्रुस, हर्पिक, फिनाईल, ओडोनिल, हाईड्रोक्लोराईड, सेनिटाईजर, सर्जिकल मास्क,सर्जिकल ग्लोब्स, मेडिकल झुल, मस्कीटो लिक्युड र महिनावारी स्वच्छता सामग्री बक्स लगायतका सामग्री गाउँपालिकालाई प्राप्त भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताए ।
स्वास्थ्य सामग्री बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा दाङलाई धन्यवाद प्रदान गरेका थिए ।
नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा दाङ तथा स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्यको सहयोगमा स्वास्थ्य सामग्री उपलब्ध गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्