ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो – Kanika Khabar
Friday, February 14Nepali News Portal

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोना भाइरसका कारण विश्वकै दोस्रो प्रभावित मुलुक ब्राजिलमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २ सय ४० पुगेको छ । अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै मानिसको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ भने सङ्क्रमितको संख्यापनि अमेरिकापछि सबैभन्दा धेरै रहेको छ । ब्राजिलमा पछिल्लो तीन महिनामा कोरोना सङ्क्रमणका कारण ५० हजारभन्दा बढीको मृत्यु भएको छ । तर, पछिल्लो ५० दिनमा यहाँ दुई गुणा बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा कोरोना भाइरसका कारण हालसम्म २९ लाख ८८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्