भदौ १ गतेदेखि अन्तर जिल्ला यातायात र हवाई उडान सञ्चालन नगर्न प्रस्ताव, विद्यार्थी भर्ना कार्यक्रम पनि रोकिने,औपचारिक निर्णय भोलि सोमबार – Kanika Khabar
Saturday, June 14Nepali News Portal

भदौ १ गतेदेखि अन्तर जिल्ला यातायात र हवाई उडान सञ्चालन नगर्न प्रस्ताव, विद्यार्थी भर्ना कार्यक्रम पनि रोकिने,औपचारिक निर्णय भोलि सोमबार

    मा प्रकाशित

कनिका खबर
साउन २५, दाङ ।
पछिल्लो चरणमा कोरोना सङ्क्रमण झनै बढ्दै जाँदा सिसिएमसीले १५ दिनलाई अन्तर जिल्ला यातायात र हवाई उडान रोक्न प्रस्ताव गरेको छ ।

साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालयमा विद्यार्थी भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र भदौ १५ सम्म नखोल्ने प्रस्ताव तयार पारेको छ । बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव गरेको छ ।

यसबारे औपचारिक निर्णय भने भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने स्रोतले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्