बाजुरामा बाढीले बेलिब्रिज बगायो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बाजुरामा बाढीले बेलिब्रिज बगायो

    मा प्रकाशित

कनिका खबर
साउन २६, बाजुरा
बाजुरामा बाढीले बेलिब्रिज बगाएको छ । अबिरल वर्षासँगै आएको खोलाले साँफे मार्तडी सडक पर्ने जडाङ्गामा रहेको बेलिब्रिज बगाएको हो । साफेँ मार्तडी सडक अन्तरगत बुढीगंगा नदिमा बनाएको बेलिबिज्र हिजो रातीको बर्षाले बगाएको प्रहरीले जनाएको छ । निरन्तरको वर्षाले नदिको बहाव निकै बढेको स्थानीयले बताएका छन् । वर्षाले बाजुरा यो वर्ष सडकमा निकै क्षति पुगेको छ । बाजुराको बुढीगंगा नदिमा आएको बाढीले घाँगर, भौनेरा, रापक लगायत तटिय क्षेत्रका बस्तीमा जोखिम बढेको छ । सुरक्षा सिनकाय र उद्दार टोली सम्बन्धित स्थानमा जान सकेको छैन । बुढीगंगा नदिमा भएका झुलङ्गे पुलहरू पनि बाढीले बगाएको छ । जिल्लाबाट राती ३ बजे हिँडेको टोली बिजुुली पावरहाउस नजिकको पहिरोका कारण जान नसकेको बताइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राती ३ बजे सदरमुकामबाट गएको भएपनि सदरमुकाम नजिकै सेलाघाटको पहिरोका कारण अगाडी बढ्न नसकेको जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्