चीनको नेलम काउन्टीले स्वास्थ्य सामग्री सहयोग गर्दै – Kanika Khabar
Wednesday, April 17Nepali News Portal

चीनको नेलम काउन्टीले स्वास्थ्य सामग्री सहयोग गर्दै

    मा प्रकाशित

कनिका खबर
साउन २६, सिन्धुपाल्चोक
कोरोना महामारीको समयमा चीनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो सहयोग गर्ने भएको छ । बुधबार मितेरी पुलमा सो सहयोग सामाग्री हस्तान्तरण गर्ने भएको हो । तिब्बतको नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको लागि २८ सय पीपीइ सेटसहित पाँच हजार मेडीकल ह्याट तथा जुत्ता कभर, पञ्जा दुई हजार थान सहयोग गर्ने भएको हो । यससँगै नेलम काउन्टीले पञ्जा दुई हजार थान, आइसोलेसन मास्क् दुई हजार थान, एन ९५ मास्क दिने जानकारी गराएको छ । साथै मेडीकल मास्क पनि पाँच हजार थान दिने भएको छ । चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगको लागि भिटीएम दुई हजार थान र पीसीआर रिएजेन्ट दुईहजार थान सहयोग गर्दैछ ।

जिल्लामा कोरोना महामारीले उच्च रुप लिदै गरेको अवस्थामा नेलम काउन्टीले गरेको यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो । यो अहिलेसम्म नेलम काउन्टीले गरेको सहयोग मध्येकै ठूलो सहयोग भएको पनि उहाँले बताउनुभयो । यसअघि पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको नेलम काउन्टीले यसपछि पनि टेन्ट र खाद्यान्न सहयोग गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्