सहकारीमाफर्त युवाहरू लघु उद्यमी बन्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सहकारीमाफर्त युवाहरू लघु उद्यमी बन्दै

    मा प्रकाशित

कनिका खबर
साउन २६, जुम्ला
सहकारीमाफर्त युवा लघु उद्यमी बनेका छन् भने किसानहरु व्यवसायीक बनेका छन् । सहकारीबाट ऋण लिएर उनीहरु हालका दिनमा स्वरोजगार बनेका छन् । जुम्लाको सिंजा गाउँपालिका वडा नम्वर ६ जोडुमा १ वर्ष पहिला २६ जना शेयर सदस्य र २५ हजार नगद रुपैयाँबाट स्थापना भएको हाम्रो स्वर्ग बहुउदेश्यिय सहकारी संस्थाले हालका दिनमा १ सय २० शेयर सदस्य र लगभग १ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । २०७६ साल साउन १३ मा दर्ता गरिएको यस सहकारी संस्थाले हाल विभिन्न संघ तथा वित्तिय संस्थाहरुबाट ऋण तथा अनुदान उपलब्ध गराई आफ्ना शेयर सदस्यहरुमा माग अनुसार ऋण प्रबाह गरिरहेको छ । हाम्रो स्वर्ग बहुउदेश्यिय सहकारी संस्था सिंजा गाउँपालिकाको वडा नम्वर ६ दाँतमा रहेको छ । उक्त वडामा पर्ने ४ वटा गाउँलाइ समेटेर वडास्तरीय हाम्रो स्वर्ग बहुउदेश्यिय सहकारी संस्था स्थापना गरिएको संस्थाका अध्यक्ष जगतवहादुर बुढाले जानकारी दिनुभयो । सहकारीले नेपाल सरकारको मापदण्डनुसार १८ प्रतिशतमा ऋण दिने गरेको छ । जिविकार्पाजनको लागि रुपमा भारत जानु भन्दा अरु कुनै उपाय नै थिएन तर सहकारीले ऋण दिएर खुद्रा पसल गर्न सहयोग मिलेको शेयर सदस्य मुनसरी रोकायाले जानकारी दिनुभयो । सहकारीले आफुहरुलाई ऋण मात्र नदिई व्यवसाय गर्ने सिप र क्षमता अभिवृद्धी गराएको उहाँको भनाइ छ । धोरै रकम जम्मा गर्दा पनि सहकारीबाट ठूलै सहयोग प्राप्त भएको रोकायाले बताउनु भयो । अहिले उक्त वडामा ५ वटा सहकारी रहेका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्