नुवाकोटमा खाद्यान्न पसल बिहान ४ घण्टामात्र सञ्चालन गर्न अनुमति – Kanika Khabar
Friday, September 29Nepali News Portal

नुवाकोटमा खाद्यान्न पसल बिहान ४ घण्टामात्र सञ्चालन गर्न अनुमति

    मा प्रकाशित

कनिका खबर
साउन २६, नुवाकोट
नुवाकोटमा १० दिनका लागि जारी गरिएको निषेधाज्ञा प्रभावकारी प्रभावकारी बनाउन विभिन्न प्रयास थालिएको छ । समुदायमा कोरोना फैलिन नदिन जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र, जिल्ला विपद् व्यवस्थापन समिति र सम्वन्धीत स्थानीय तहका प्रमुखहरूको सिफारिस अनुसार गरिएको निर्णय अनुसार खाद्यान्न पसलसमेत निश्चित समय छुट्टयाएर मात्रै खोल्ने अनुमति दिइएको छ ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिम बढेपछि नुवाकोटमा जारी निषेधाज्ञामा औषधी, खाद्यान्न, पेट्रोलियम पदार्थ खरिद जस्ता अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, इजाजत प्राप्त सवारीसाधन बाहेक मोटरसाइकलसहित अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन नगर्न निर्देशन दिइएको छ । अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसलबाहेकका अन्य पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न नपाउने निर्देशन दिइएको छ ।

खाद्यान्न पसलसमेत बिहान ६ बजेदेखि १० बजेसम्म दैनिक चार घण्टा मात्र खोल्न दिने निर्णय गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्