खोलामा बग्दा बालिकाको मृत्यु – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

खोलामा बग्दा बालिकाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन २६, रुकुम पश्चिम

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा खोलामा बगेर एक बालिकाको मृत्यु भएको छ । वडा नम्वर १२ स्यानीवार्खुका खडक बहादुर पुनका ११ वर्षिया छोरी कृष्णा पुनको खोलामा बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान घट्ट पिस्न गएको बेला करिब साढे १० बजेतिर सोहि वडाको कालाखोलाले बगाउँदा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।

बालिका खोलामा बगेको थाहा पाएपछि स्थानीय बासिन्दा र प्रहरी घटनास्थलमा पुगेका थिए । बगेको ठाउँबाट करिव एक किलोमिटर तल बालिकालाई मृत अवस्थामा फेला पारिएको वडा नम्वर १२ का वडा अध्यक्ष खुम्मे कुसारीले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्