विभिन्न मुद्दाका पाँच फरार अभियुक्त पक्राउ – Kanika Khabar
Thursday, December 12Nepali News Portal

विभिन्न मुद्दाका पाँच फरार अभियुक्त पक्राउ

    मा प्रकाशित

कनिका खबर
साउन २६, तनहुँ
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ । गोरु चोरी गरेर काटी मासु खाने तीन, चोरी मुद्दाका एक र लागुऔषधका एक गरी पाँच जनालाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ बाख्रे बस्ने २२ बर्षीय मिलन नेपाली, सोही स्थानका २२ बर्षीय बिनोद थापा र ४५ बर्षीय बिमलाल सुनारलाई गोरु चोरी गरेर काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जिल्ला कास्की साबिक लेखनाथ नगरपालिका–२ स्थायी घर भई हाल जिल्ला तनहुँ म्याग्दे गाउँपालिका– १ मान्द्रे बस्ने ६६ बर्षीय तर्कबहादुर कुमालको कृषि पेशाको लागि गोठमा पाल्दै आएका एक हल गोरु फुकाई चोरी गरी काटेर खाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरूले २०७६ चैत्र ३० गते बेलुका गोठमा बाँधेको गोरु चेरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि कारबाही प्रक्रिया अगाडी बढाइएको छ । त्यसैगरी, चोरी मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका– १ सिंहाली गाउँ बस्ने २२ बर्षीय बिशाल माझी भन्ने विनोद बोटेलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, लागूऔषध मुद्दामा फरार व्यक्ति चार बर्ष पछि पक्राउ परेका छन् । लागूऔषध मुद्दामा फरार रहेका जिल्लाको व्यास नगरपालिका –४ जलदेवीटोल बस्ने बर्ष २३ बर्षीय कुशल थापा पक्राउ परेका हुन् ।

प्रहरीले पछिल्लो समय विभिन्न अपराधमा संलग्न रही फरार रहेकाको खोजीलाई तिब्रता दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्