बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु – Kanika Khabar
Friday, March 13Nepali News Portal

बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु

    मा प्रकाशित

बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् ।
अरनिको राजमार्गस्थित बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् । प्रहरीको अवरोधका बाबजुद स्थानीयले टिपरमा आगो लगाएका हुन् ।

बनेपाको दूरसञ्चार नजिकै आज बिहान भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको थियो ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२(०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अर्का एक जना घाइते भएका छन् । यससँगै बनेपा मुख्य सडक क्षेत्र तनावग्रस्त बनेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्