कोरोना सङ्क्रमित २ जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना सङ्क्रमित २ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ ।
नेपालमा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । लितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको आज सोमबार मृत्यु भएको हो । उनी निमोनिया र मधुमेहका बिरामी थिए । उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो । मृतक कलंकी ट्याङ्ला फाँटका हुन् ।
त्यसैगरी धनुषामा १ जनाको मृत्यु पश्चात कोरोना पुष्टि भएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नं.५ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो ।

मिथिला बिहारी नगरपालिका ५ घर भएका उनी जनकपुरधाम उपमहानगरपालिका २ कदम चोकस्थित बिनयतारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए ।

विदामा घर गएको बखत बिरामी भएका उनलाई एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्