तुलसीपुर उद्योग वाणिज्यसंघमा तीन ‘श’लाई सम्मान – Kanika Khabar
Thursday, March 28Nepali News Portal

तुलसीपुर उद्योग वाणिज्यसंघमा तीन ‘श’लाई सम्मान

    मा प्रकाशित

शरद रेग्मी
तुलसीपुर, २६ साउन ।
तुलसीपुर उद्योग वाणिज्य संघले हालै नियुक्त भएका तीन ‘श’लाइ सम्मान गरेको छ । संघले हालै मनोनित प्रदेशसभा सदस्य शंकर प्रसाद गिरी, भुमि संवन्धि समस्या समाधान आयोगमा नवनियुक्त केन्द्रीय सदस्य शोभाराम बस्नेत र नेपाली कांग्रेसको यातायात विभागमा केन्द्रीय सदस्यमा नियुक्त शुरेश हमाललाई संयुक्त रुपमा सम्मान गरेको हो ।
संघका अध्यक्ष वीर वहादुर रावतको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै तीनै व्यक्तित्वले दाङको विकासको साझा मुद्दालाई राजनीतिक आँखाले मात्र नहेरेर समझदारी र सहकार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनीहरुले तुलसीपुर खानेपानी तथा तुलसीपुर उद्योग वाणिज्यसंघमा पनि निर्विरोध रुपमा साझा नेतृत्व खोज्न ुपर्ने पनि बताएका थिए ।
सम्मान कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शंकर प्रसाद गिरीले आफुले दाङ लगायत ५ नम्वर प्रदेशका जनताबाट पाएको समानुपातिक मतको सम्मान गर्दै दाङको विकासमा सधै प्रतिवद्ध रहने बताए । वर्तमान अवस्थामा कोभिड—१९ को विश्वव्यापी संक्रमणले नेपाललाई पनि त्रसित बनाउँदै आएको अवस्थामा आम नागरिकको स्वास्थ्य उपचार तथा संक्रमणबाट जोगाउने सवालमा प्रदेश सभामा जोडदार आवाज उठाउने पनि बताए । यो विषम परिस्थितिमा पक्ष प्रतिपक्ष नै नभनेर लाग्नुपर्ने अवस्था आएको पनि उनको अभिव्यक्ति थियो ।
एक अर्को प्रसङ्गमा प्रदेशसभा सदस्य गिरीले सरकार आफ्नै अन्तरकलहमा गुज्रिरहेकाले मुलुक गम्भीर रुपमा असहज परिस्थितिमा मोडिन थालेको भन्दै सरकारलाई जनमतको सम्मान गर्न पनि सुझाव दिए । प्रदेशको समानुपातिक विकासमा आफुले आवाज उठाइरहने भन्दै विकासको साझा मुद्दालाई आफुले सधै प्राथमिकतामा राख्ने बताए । ‘मलाई थाहा छ, ५ नम्वर प्रदेशको स्थायी राजधानी र नामाकरण समेत तोकिएको छैन, तर हरेक हिसावले दाङलाई प्रदेशको राजधानी बनाउनुपर्छ, अव प्रादेशिक राजधानीको रथ पश्चिमतर्फ लागिसक्यो’—प्रदेशसभा सदस्य गिरीले भने ।
सम्मान कार्यक्रममा भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य शोभाराम बस्नेतले अव्यवस्थित बसोबास रहेका जिल्लाका सवै भुभागमा भुमिहिनहरुको वास्तविक लगत लिन थालेको बताउंदै संघीय संसदले भुमिहीन सम्बन्धी विधेयक पारित गर्नासाथ आफुले पनि जिल्लामा काम थाल्ने बताए । आफूले लामो समयसम्म राजनीतिमा समय खर्च गरेको बताउँदै उनले जिल्लामा व्यवस्थित बसोबासको अवधारणालाई कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र दंगिशरण गाउँपालिकामा एलानी जग्गा भोगचलनको तथ्यांक लिनका लागि स्थानीय पालिकालाई आग्रह गरिसकेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय यातायात विभागमा नवनियुक्त केन्द्रीय सदस्य शुरेश हमालले आफ्नो यातायात क्षेत्रमा क्रियाशील लामो समयसम्मको अनुभवलाई पार्टीले उच्च मुल्यांकन गरेकोमा केन्द्रीय समितिलाई धन्यवाद व्यक्त गरे । सम्मान कार्यक्रममा उनले सार्वजनिक यातायात क्षेत्र धरासायी भएको अवस्थामा यसलाई सुधार्न पार्टीले आफूलाई सुम्पेको जिम्मेवारीलाई कहिकतै पनि विचलित नभएर निर्वाह गर्ने बताए । सार्वजनिक यातायात क्षेत्रलाई चलायमान गराउन र यातायात व्यवसायीका समग्र समस्यामा सरकार जिम्मेवारीपूर्वक नलागिरहेको अवस्थामा कांग्रेसले यातायात क्षेत्र सुधारका सन्दर्भमा आफूलाई तोकेको जिम्मेवारी पूरा गर्न आफू प्रतिवद्ध भएर लाग्ने बताए ।
स्वागत तथा सम्मान कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, प्रेस सल्लाहकार शरद रेग्मी लगायतले सम्मान मन्तव्य व्यक्त गरेका थिए । संघका महासचिव रुप वहादुर खत्रीले सहजीकरण गरेको स्वागत तथा सम्मान कार्यक्रममा उपाध्यक्ष रामप्रसाद चालिसेले धन्यवाद ज्ञापन गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्