खोलाहरु सामुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाइदै – Kanika Khabar
Sunday, April 27Nepali News Portal

खोलाहरु सामुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाइदै

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
साउन २६, दाङ ।
मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रको आयोजनामा राप्ती गाउँपालिका स्थीत दोलाई खोलामा जैविक विविधता संरक्षणका लागि स्थानीय समुदायसँग परामर्श बैठक सम्पन्न गरी खोलाहरु सामुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
केन्दका सचिव कुमार राज श्रेष्ठको अध्यक्षतामा भएको बैठकले जैविक विविधता संरक्षण गर्नु अति आवस्यक रहेको ठहर गर्दै आगामी दिनमा राप्ती गाउँपालिकासँग समन्वय गरी दोलाई खोलामा असुरक्षित माछा मार्ने कार्यको पूर्ण रुपले रोग लगाउदै जलीय जैविक जीवको संरक्षण गर्ने निर्णय गरेको छ ।
राप्ती गाउँपालिका वडा नं ५ का अध्यक्ष गोबद्र्धन रावत, वडाका सदस्यहरु, टोल विकास सस्था प्रतिनिधिहरु, गाउँका अगुवाहरु, कुलोपानी अगुवाहरु लगायत वडाका सम्पूर्ण सरोकारवालाहरुको उपस्थिति रहेको बैठकमा सामुदायिक नदी हस्तान्तरण प्रक्रिया बारे छलफल गरिएको थियो ।
देउखुरी क्षेत्रका सम्पूर्ण पालिका क्षेत्रमा रहेको नदी, खोलामा जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदी तथा खोलाहरु सामुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाएको समेत फिल्ड संयोजक राम मोती चौधरीले जानकारी दिएका छन् ।
बैठकमा सचिव कुमार राज श्रेष्ठ, प्रवक्ता केपि घिमिरे, सल्लाहकार कमल गौतम र कार्यक्रम प्रबन्धक प्रदिप मजगैयाँले सामुदायिक नदी हस्तान्तरण प्रक्रिया बारे जानकारी गराए । बैठकले सर्बसम्मत रुपले राप्ती गाउँपालिका वडा नं ५ स्थित दोलाई खोला सामुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि लैजाने निर्णय समेत गरेको छ ।
संस्थाले राप्ती नदीको जलिय जैबिक विविधताका चुनौतीहरुलई न्युनीकरण गर्ने दिगो तरिकाले माछाको उपयोग गरी बिनासकारी माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने, मध्य राप्ती जलाधार क्षेत्रमा पाईने स्रोतहरुको सुधार तथा व्यवस्थापन गर्नका लागि देउखुरी उपत्यकाका विभिन्न पालिकामा ९ वटा समुह समेत गठन गरी संरक्षणको अभियानलाई तीब्रता दिदै आएको समेत फिल्ड संयोजक राम मोती चौधरीले जानकारी दिए ।
खोलाहरु सामुदाय लाई हस्तान्तरण गर्ने प्रकृया अगाडि वढाउने परामर्श बैठकमा वडा अध्यक्ष गोवरधन रावत, टोलविकास संस्थाका बामदेव चौधरी, सामुदायिक वनका छविलाल चौधरी, वडा सदस्य गणेश चौधरी, संस्थाका पुर्व अध्यक्ष कमल गौतम लगायतले आफ्ना विचारको साथमा यस अभियानको फाईदाका वारेमा प्रस्ट पारेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्