अध्यागमन विभागका एक कर्मचारीमा कोरोना देखिएपछि विभागको सेवा बन्द – Kanika Khabar
Thursday, June 19Nepali News Portal

अध्यागमन विभागका एक कर्मचारीमा कोरोना देखिएपछि विभागको सेवा बन्द

    मा प्रकाशित

कनिका खबर
साउन २६, काठमाडौं
अध्यागमन विभागका एक जना कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएपछि विभागको सेवा बन्द गरिएको छ । विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । जसमा ५६ जनामा कोरोना नभएको पुष्टि भएको छ भने एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँले कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिँदै ती कर्मचारीको सम्पर्क र संसर्गमा रहेकाहरुको खोजी भइरहेको जानकारी दिनुभयो । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्