नुवाकोटमा आज पनि चार जना कोरोना सङ्क्रमित फेला – Kanika Khabar
Thursday, April 18Nepali News Portal

नुवाकोटमा आज पनि चार जना कोरोना सङ्क्रमित फेला

    मा प्रकाशित

कनिका खबर
साउन २६, नुवाकोट
मुलुकभर कोरोनाको सङक्रमण बढिरहेका बेला नुवाकोटमा पनि सङ्क्रमण बढ्दै गएको छ । नुवाकोटमा आज पनि चार जना कोरोना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । संक्रमित चार जना सवै पुरुष हुन् भने उनीहरुमध्ये दुई जना समुदाय स्तरमा फेला परेका हुन् । दुई जना क्वारेन्टाइनमा बसेकोमा सङ्क्रमण फेला परेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो । उहाँले कोरोना समुदायमा पुगे पनि नियन्त्रण भित्रै रहेको र सर्वसाधाणलाई प्रशासनको निषेधाज्ञा पालना गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार कन्ट्रयाक ट्रेसिङलाई प्राथमिकता दिएर कोरोना पहिचान तथा नियन्त्रण अभियान तत्काल सुरु गरिएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार दुप्चेश्वर गाउँपालिकामा समुदाय स्तरमा दुई जना र क्वारेन्टाइनमा एक जना सङ्क्रमित भेटिएका छन् । जिल्लाको लिखु गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जनामा पनि सङ्क्रमण देखिएको छ । खनालका अनुसार आज पुष्टि भएका चार जनासहित नुवाकोटमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६१ जना पुगेको छ ।

नयाँ भेटिएको चार जनालाई नुवाकोट जिल्ला अस्पताल त्रिशूली र खरानीटारस्थित अस्पतालको आइसोलेसनमा राखिएको छ । दुप्चेश्वरको तीन जनालाई तादी गाउँपालिकाको खरानीटार अस्पतालको आइसोलेसनमा राखिएको छ । लिखुको एक जना सङ्क्रमित त्रिशूली अस्पतालमा ल्याएर उपचार सुरु गरिएको छ । आज फेला परेका सहित नुवाकोटमा २४ जना आइसोलेसनमा रहेका छन् । जसमा २० जना पुरुष र चार जना महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितको कन्ट्रयाक ट्रेसिङ लगायत विभिन्न स्थानवाट संकलन गरिएको तीनसय जना भन्दा वढीको स्वाब संकलनको नतिजा भने आउन बाँकी छ । हिजो मात्र नुवाकोटमा एक शिक्षक सहित तीन जनामा कोरोना पुष्टि भएको थियो । नुवाकोटमा हालसम्म ३७ जनाले कोरोनाले जितेर उपचारपछि घर फर्किएका छन् । सङक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्