भक्तपुरमा राष्ट्रिय परिचय पत्र विवरणको दर्ता प्रक्रिया आजदेखि शुरु – Kanika Khabar
Thursday, December 12Nepali News Portal

भक्तपुरमा राष्ट्रिय परिचय पत्र विवरणको दर्ता प्रक्रिया आजदेखि शुरु

    मा प्रकाशित

कनिका खबर
साउन २६, भक्तपुर
जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचय पत्र विवरणको दर्ता प्रक्रिया शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सुरु गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर दर्ताको शुभारम्भ गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा दुई बुथबाट विवरण दर्ता शुरु भएको छ । एक बुथबाट साउन ४ गतेदेखि शुरु भएको र अर्को बुथ हिजो देखि शुरु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । दुई बुथमा दुई कम्प्युटर लगायत आवश्यक उपकरण राखिएको उहाँले बताउनुभयो ।

नागरिकता प्रमाणपत्र लिन आउनेले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्रका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ । तत्काल भक्तपुर र सूर्यविनायक नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन शुरु गरिए पनि अर्को सातादेखि मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा सञ्चालन हुने भएको छ । प्रजिअ पाण्डेका अनुसार कम्प्युटरलगायत प्रविधि जडानका लागि एक साता लाग्ने भएकाले त्यसपछि कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड पूरा गरेर विवरण सङ्कलन गरिने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्