कमलामाईमा भोली राती १२ बजे देखि बन्दाबन्दी – Kanika Khabar
Thursday, March 20Nepali News Portal

कमलामाईमा भोली राती १२ बजे देखि बन्दाबन्दी

    मा प्रकाशित

कनिका खबर
साउन २६, सिन्धुली
सिन्धुलीमा कोरोना सङ्क्रमितको संख्या बढेसंगै कमलामाई नगरपालिकाले भोली राति १२ बजेदेखि लागू हुने गरी बन्दाबन्दी घोषणा गरेको छ । आज नगरपालिकामा भएको सर्वपक्षीय छलफलले भोलि राति १२ बजेदेखि भदौ एक गते सोमबार राती १२ बजेसम्म नगर क्षेत्रलाई बन्दाबन्दी गर्ने निर्णय गरेको हो । नगरपालिकाले नगर भित्र अत्यावश्यक स्वास्थ्य लगायतका सेवा बाहेकका सबै व्यवसाय तथा कार्यालय, बैंक, वित्तीय संस्था लगायत सबै हाटबजार पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको नगरपालिकाका सुचना अधिकारी सागर ढकालले जानकारी दिनुभयो ।

अत्यावश्यक काम बाहेक नगरभित्र आवतजावत गर्न पूर्णरुपमा बन्देज लगाइएको, अनुमति प्राप्त सवारीसाधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी चलाउन नपाइने गरी बन्दाबन्दी गरिएको उहाँले बताउनुभो । उहाँका अनुसार बन्दाबन्दी उल्लघन गर्ने जो–कोहीलाई कानुन बमोजिम कारबाही गरिने छ । यस्तै नगरपालिकाको कार्यालयमा बसेको बैठकले सिन्धुलीमाढी स्थित एपोलो अस्पताललाई आइसोलेसन केन्द्र बनाउने पनि निर्णय गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्