पत्रकारद्वारा नविरण शुल्क मिनाहा गर्न माग – Kanika Khabar
Thursday, April 18Nepali News Portal

पत्रकारद्वारा नविरण शुल्क मिनाहा गर्न माग

    मा प्रकाशित

कनिका खबर
साउन २६, सिन्धुली
सिन्धुलीका पत्रकारले पत्रकार महासंघको सदस्यता नविकरण शुल्क मिनाहा गर्न माग गरेका छन् । कोरोनाको कहरका कारण सिन्धुलीका पत्रकारको पेसा पनि जोखिममा परेकाले यस पटकको नविकरण शुल्क मिनाहा गर्ने बाताबरण बनाउन जिल्ला शाखासँग माग गरेका हुन् । आज विहान प्रेस युनियन र प्रेस संगठन नेपाल सम्बद्ध भएको छलफलले नविकरण शुल्क मिनाहा गर्न माग गर्ने निष्कर्ष निकालेका हुन् । प्रेस युनियन शाखा अध्यक्ष यम चौलागाई र प्रेस संगठन सिन्धुलीका अध्यक्ष मिनकुमार दाहाल लगायतको उपस्थितीमा भएको छलफलमा सहभागि पत्रकारले कोरोनाको कहरका बेला नविकरण शुल्क मिनाहा हुदा पत्रकारलाई राहत महसुस हुने पनि धारणा राखेका थिए । नेपाल पत्रकार महासंघ केन्दिय कार्यालयले साउन महिनाभरिमा नया सदस्यता वितरण र नविकरण गरी सक्न जिल्ला शाखालाई परिपत्र गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्