बेलायतमा कोरोना सङ्क्रमण दर फेरी बढ्यो – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

बेलायतमा कोरोना सङ्क्रमण दर फेरी बढ्यो

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ
बेलायतमा कोरोना सङ्क्रमणको दरमा फेरि वृद्धि भएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा १ हजार ६२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । जून महिनापछि बेलायतमा एकैदिन यति धेरै कोरोना सङ्क्रमित पछिल्लो २४ घन्टामा थपिएका हुन् । बेलायती स्वास्थ्य विज्ञहरुका अनुसार बेलायतमा कोरोना सङ्क्रमणको यो दोस्रो चरणको लहरको संकेत हुन सक्ने भन्दै चेतावनी दिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार शनिवार मात्रै बेलायतमा सात सय ५८ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका थिए ।

बेलायतमा कोरोना संक्रमणका कारण युरोपकै सबैभन्दा धेरै प्रभावित मुलुक हो । जहाँ हालसम्म ४६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ३ लाख १० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्