बेलायतमा कोरोना सङ्क्रमण दर फेरी बढ्यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

बेलायतमा कोरोना सङ्क्रमण दर फेरी बढ्यो

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ
बेलायतमा कोरोना सङ्क्रमणको दरमा फेरि वृद्धि भएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा १ हजार ६२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । जून महिनापछि बेलायतमा एकैदिन यति धेरै कोरोना सङ्क्रमित पछिल्लो २४ घन्टामा थपिएका हुन् । बेलायती स्वास्थ्य विज्ञहरुका अनुसार बेलायतमा कोरोना सङ्क्रमणको यो दोस्रो चरणको लहरको संकेत हुन सक्ने भन्दै चेतावनी दिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार शनिवार मात्रै बेलायतमा सात सय ५८ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका थिए ।

बेलायतमा कोरोना संक्रमणका कारण युरोपकै सबैभन्दा धेरै प्रभावित मुलुक हो । जहाँ हालसम्म ४६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ३ लाख १० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्