राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परीक्षण – Kanika Khabar
Friday, April 19Nepali News Portal

राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परीक्षण

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ
राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पमा बस्ने खेलाडीको कोरोना परीक्षण गरिएको छ । विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेकाका खेलाडीले पाटन अस्पतालमा स्वाब दिएका हुन् । आज ११ खेलाडी, १२ जना कर्मचारी गरेर २५ जनाको स्वाब दिइएको छ । बाँकी खेलाडी र अरु कर्मचारीको भोलि स्वाब संकलन गरिनेछ । क्याम्पमा राखिने ३४ खेलाडीसँगै प्रशिक्षक खेलाडी, अन्य कर्मचारी लगायत गरेर ७० जनाको कोभिड–१९ परीक्षण गरिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । सरकारले भदौ एक गते देखि अन्तर्राष्ट्रिय खेलको लागि प्रशिक्षण गर्न मिल्ने निर्णय गरेपछि एन्फाले खेलाडीलाई मैदान फर्काएर प्रशिक्षण गराउनको लागि तीव्ररुपमा तयारी गरिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्