लामो दुरीको सार्वजनिक यातायात र हवाई उडान भदौ १५ गतेसम्म स्थगित – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

लामो दुरीको सार्वजनिक यातायात र हवाई उडान भदौ १५ गतेसम्म स्थगित

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ ।
सरकारले भदौ १ गते देखि सञ्चालन गर्ने भनिएको लामो दुरीका सार्वजनिक यातायात र हवाई उडान भदौ १५ गते सम्म स्थगित गर्ने निर्णय गरेको छ । सरकारले काठमाडौ उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको हो ।

कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्