बारा र पर्सामा गरी ७० जनामा कोरोना पुष्टि – Kanika Khabar
Saturday, June 14Nepali News Portal

बारा र पर्सामा गरी ७० जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २७, काठमाडौं
चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित पर्सा र बाराका थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये पर्साका ६५ जना र बाराका ५ जना रहेका छन् । हिजो बिहान पनि पर्साका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसैगरी रौतहटको कटहरिया नगरपालिकामा ९ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएराति आएको रिपोर्टमा कटहरिया नगरपालिकाका थप ९ जनामा कोरोन पुष्टि भएको हो । कटहरिया नगरपालिकाका जनप्रतिनिधि र स्थानीय गरी १ सय ९७ जनाको स्वाब सङ्कलन भएकोमा २ महिला र ७ पुरुषमा सङ्क्रमण भेटिएको नगरप्रमुख सियाराम कुशवाहाले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्