बैतडीका एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट – Kanika Khabar
Thursday, March 28Nepali News Portal

बैतडीका एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट

    मा प्रकाशित

कनिका खबर
साउन २७, बैतडी
बैतडीका एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका ३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ बर्षीया अनमी जानकी भट्ट माथि कुटपिट भएको हो । स्वास्थ्यकेन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको जानकीले बताउनुभयो । पुर्चौडी नगरपालिका ३ का २४ बर्षीय मोहन कुँवर र २१ बर्षीय विरेन्द्र कुँवरले कुटपिट गरेका हुन् । स्थानीय एक बृद्धा बिरामीलाइ स्लाईन चढाइरहेका बेला ती युवकहरुले कुटपिट गरेको उहाँले बताउनुभयो । कुटपिट गर्ने ति युवकले स्वास्थ्यकेन्द्रका कार्यालय सहयोगी बिमला कुँवरमाथि हातपात गर्नुका साथै कार्यालयमा रहेका कागजात पनि च्यातेको भट्टले बताउनु भयो । कुटपिटपश्चात जानकीले ती युवाहरुलाई पक्राउ गरि आवश्यक कार्वाहीका लागि प्रहरी चौकी पुरघाटमा निवेदन दिनुभएको छ । फरार रहेका मोहन कुँवर र विरेन्द्र कुँवरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनभुयो । फरार रहेका युवकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्