नेकपा हुम्लाद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्यसुरक्षा सामग्री हस्तान्तरण – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

नेकपा हुम्लाद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्यसुरक्षा सामग्री हस्तान्तरण

    मा प्रकाशित

कनिका खबर

साउन २७, हुम्ला

हुम्लाका चारवटै सुरक्षा निकायमा आवद्ध सुरक्षाकर्मीहरुका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी हुम्लाले सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । भिडभाड र हरेक क्षेत्रको अग्रमोर्चामा जाने सुरक्षाकर्मी कोरोना सङक्रमणको उच्च जोखिममा रहेकाले जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल अनुसन्धानका सुरक्षाकर्मी र जिल्ला प्रशासन कार्यालयमा खटिने कर्मचारीका लागि माक्स, सेनिटाइजर, हस्तान्तरण गरेको हुम्ला जिल्ला इन्चार्ज बिजय भण्डारी प्रतिरोधले जानकारी दिनुभयो ।

जिल्लाका सुरक्षाकर्मीहरुका लागि २५ थान एन ९५ माक्स, २ हजार सर्जिकल माक्स, २ हजार मेडिकल माक्स र दश लिटर सेनिटाइजर प्रदान गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्