मा प्रकाशित
कनिका खबर
साउन २७, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सोमबार थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
काठमाडौंका ११०, भक्तपुरमा ८ र ललितपुरमा १६ जनामा गरी कुल १३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।