लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भट्टलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको निर्देशन – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भट्टलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको निर्देशन

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ ।
उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज मुख्य न्यायाधीश नकहुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले जानकारी दिए । अदालतले भट्टलाई पनि बोर्डको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कामकाज नगर्न आदेश दिएको छ । अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्तिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । अदालतले साउन ३२ गते पक्ष र विपक्ष दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्