जीवन कैला
साउन २७, बाजुरा ।
अविरल वर्षात्सँगै आएको बाढी पहिरोका कारण बाजुराका ९७ घर परिवार जोखिममा परेका छन् । वर्षात् सँगै आएको बाढी पहिरोबाट वडा नम्बर ४ ताडी भैंसीखर्क र गैरा लगायतका ठाँउका करीब ९७ घर परिवार उच्च जोखिममा रहेका स्थानिय जंगवीर रोकायाले जानकारी दिनुभएको छ । बुढीनन्दा हुँदै आउने बड्डीगाड खोलाले जमिन कटान गर्दा सो क्षेत्रका स्थानीय बाढी पहिरोको जोखिममा रहेका बताईएको छ । ९७ घरपरिवार बसोबास रहेको ताडी बस्तीका ५० घर परीवार बाढी पहिरोको उच्च जोखिमा रहेकाले तत्काल स्थान्तरण गर्नुपर्ने वडा सदस्य सैरे रोकायाले जानकारी दिए । बाँकी ४७ घर परीवारलाई पनि सुरक्षित स्थानमा ब्यवस्थापन गर्नुपर्ने देखिएको उनले बताए ।
मा प्रकाशित