माण्डवी गाउँपालिकाका एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

माण्डवी गाउँपालिकाका एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २७, प्यूठान ।
प्यूठानको माण्डवी गाउँपालिकाका एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालय पूर्ण बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुको पीसिआर परीक्षण गर्दा ३७ वर्षका पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रव पोख्रेलले जानकारी दिए । ती कर्मचारीको सम्पर्क र संसर्गमा रहेकाहरुको खोजी भइरहेको उहाँले बताए । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिकाको सबै सेवा बन्द गरिएको छ । गाउँपालिकामा आज बसेको पालिकास्तरीय बैठकको निर्णय अनुसार गाउँपालिकाले अर्को सुचना जारी नगरेसम्मका लागि सम्पूर्ण सेवाहरु बन्द गरेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले जानकारी दिए । साथै गाँउपालिकाले पालिकाबासीलाई आ आफ्नो ठाँउमा सुरक्षित तरिकाले बस्न आग्रह समेत गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्