राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाको निर्देशन : जथाभावी बैठक नराखौँ – Kanika Khabar
Friday, April 19Nepali News Portal

राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाको निर्देशन : जथाभावी बैठक नराखौँ

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत समितिलाई जथाभावी बैठक नराख्न निर्देशन दिनुभएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेको भन्दै राष्ट्रियसभाका चारवटै समितिका सभापतिलाई बोलाएर उहाँले राष्ट्रिय सभा अध्यक्षबाट अत्याअवश्यक हुँदा मात्रै पूर्ण सावधानी अपनाएर बैठक राख्न, अन्यथा नराख्न भनेर निर्देशन दिएका हुन् । चारवटै समिति सभापतिहरुसँगको भेटमा राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले विधायन व्यवस्थापन समितिलाई बैठक राख्न दिने र अरु समिति केही समयका लागि बस्दै नबस्ने प्रस्ताव राखेका थिए । तर, राष्ट्रियसभा अध्ययक्षको यो प्रस्ताव विभेदकारी रहेको भन्दै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी लगायतले विरोध गरेका थिए । त्यसपछि अध्यक्ष तिमल्सिनाले चारवटै समितिलाई अत्यावश्यक भए मात्रै बैठक राख्न निर्देशन दिएको जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्