कैलालीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कैलालीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन २७, कैलाली ।
माछा मार्ने क्रममा कैलालीमा एक जनाको मृत्यु भएको छ । माछा मार्न थापेको पासोमा अल्झिएर भजनी नगरपालिका वडा नम्बर ७ का ३६ वर्षका अशोक पासीको मृत्यू भएको ईलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ ।
आफैले थापेको पासोमा माछा प¥यो कि परेर भनेर हेर्न जाँदा त्यसैमा अल्झिएर पासीको मृत्यू भएको वडाध्यक्ष अमर कठरीयाले जानकारी दिए । पासीको शव आज बिहान गणेशमान आधारभूत विद्यालय नजिकै डुवेको अवस्थामा फेला परेको थियो । शव अहिले पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको वडाध्यक्ष कठरीयाले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्