जीवन कैला
साउन २८, बाजुरा ।
बाजुराको जगन्नाथ गाउँपालिकामा प्रसुती हुन नसकेकी एक जना महिलाको उद्दार गरिएको छ । वडा नं ३ की २१ वर्षिया संगीता भण्डारीको हेलिकप्टर मार्फत् उद्धार गरिएको गाउँपालिकाले जनाएको छ । गत २६ गते सुत्केरी बेथा लागेर हुनी महती स्वास्थ्य चौकी पुग्नुभएका भण्डारीको उच्च रक्तश्रावका कारण स्वास्थ्य अवस्था जटिल भएकाले हेलिकप्टर मार्फत् सुर्खेत रिफर गरिएको गाउँपालिकाका प्रवक्ता डवल विकले जानकारी दिए । भण्डारीको पेटमा दुई वटा बच्चा उल्टो अवस्थामा भएका कारण बाजुरामा सुत्केरी हुन नसकेपछि उहाँलाई जिल्ला बाहिर रिफर गरिएको स्वास्थ्यकर्मीले बताएका छन् ।
सोमबारदेखि स्वास्थ्यकर्मीले प्रयास गर्दा राति एउटा बच्चा मृत जन्मिएको र अर्को बच्चा पेटमै रहेकोले उच्च रक्तश्राप भएको महती स्वास्थ्य केन्द्रले जनाएको छ । अवस्था जटिल भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत नेपाली सेनाको हेलिकप्टबाट हिजो मंगलबार उद्धार गरि सुर्खेत पठाएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए ।
मा प्रकाशित