छिमेकीको अतिक्रमणकारी नीतिका कारण सीमा समस्या : गृहमन्त्री थापा – Kanika Khabar
Friday, April 19Nepali News Portal

छिमेकीको अतिक्रमणकारी नीतिका कारण सीमा समस्या : गृहमन्त्री थापा

    मा प्रकाशित

कनिका खबर
साउन २८, दाङ ।
गृहमन्त्री रामबहादुर थापाले छिमेकीको अतिक्रमणकारी नीतिका कारण सिमानामा समस्या देखिएको बताएका छन् । आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले छिमेकीले कहिले पिलर फालिदिने, कहिले नेपालभित्र ल्याएर गाडिदिने जस्तो व्यवहारका कारण सीमा समस्या देखिएको बताएका हुन् । नेपाल र भारतबीच सीमा निर्धारण गर्दा नदीलाई सीमा मान्ने सिद्धान्तलाई प्रचलनमा ल्याइएको भन्दै गृहमन्त्री थापाले नदीले धार परिवर्तन गर्दा पनि सीमा परिवर्तन भएको बताए । सीमा विवाद दुई पक्षबीचको समस्या भन्दै मन्त्री थापाले कुटनीतिक माध्यमबाट समाधानका लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्नेमा जोड दिए । नेपाली भूभागको र सीमाको रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले यसमा विशेष पहल गर्ने उनको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्