पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न पत्रकार महासंघको माग – Kanika Khabar
Saturday, July 19Nepali News Portal

पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न पत्रकार महासंघको माग

    मा प्रकाशित

कनिका खबर

साउन २८, दाङ ।

नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको रहस्यमय ढंगले भएको मृत्युबारे छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । आज महासंघले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको मृत्युले महासंघ स्तब्ध भएको जनाएको हो । बानियाँको रहस्यमय ढंगले भएको निधन बारे छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि महासँगघले सरकारसँग माग गरेको छ ।

महासंघका पूर्व केन्द्रीय सचिव समेत रहनुभएका बानियाँको मृत्युले नेपाल पत्रकार महासंघ स्तब्ध भएको भन्‍दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेको छ । तनहुँ स्थायी घर भएका पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् । लामो समयदेखि कान्तिपुर दैनिकमा काम गरेका बानियाँले नागरिक दैनिकमा पनि काम गरेका थिए  ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्