धादिङमा आजराति १२ बजेदेखि एक साता अत्यावश्यक बाहेकका सबै सेवा बन्द – Kanika Khabar
Monday, April 22Nepali News Portal

धादिङमा आजराति १२ बजेदेखि एक साता अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    मा प्रकाशित

डोल्मा मम्बा
साउन २८, धादिङ ।
कारोनाको जोखिमबाट नागरिकलाई सुरक्षित राख्न धादिङ जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा आजबाट बन्द हुने भएको छ । आज राति १२ बजेदेखि लागु हुने गरि जिल्लाभित्र अत्यावश्यक बाहेकका सबै सेवा भदौं ३ गते राति १२ बजे सात दिनसम्मको लागि बन्द हुने धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आज बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्लाभित्रका सबै होटल, बैङ्क तथा वित्तिय संस्थाहरु र शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । यस्तै अत्यावश्यकबाहेकका सबै यातायात पनि बन्द गर्ने निर्णय गरेको तामाङले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी तामाङकाअनुसार कालुपाण्डे मार्गको फुर्केखोलादेखि धादिङबेंसी आसपास र निलकण्ठ नगरपालिकाको दुई, तीन, चार, सात, आठ, १२ र १४ नम्बर वडामा पूर्ण रुपमा शिल गर्ने भएको छ । पछिल्लो दिनमा धादिङका होटल ब्यबसायी , सुरक्षाकर्मी, रेडक्रसका कर्मचारी लगाएतमा कोरोना सङ्क्रमण भेटिनुका साथै एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएपछि समुदायमै कोरोना फैलिएको आशङ्का गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्