प्रहरीद्वारा २४ लाख ५० हजार भारतीय रकम बरामद – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रहरीद्वारा २४ लाख ५० हजार भारतीय रकम बरामद

    मा प्रकाशित

कनिका खबर
साउन २८, कपिलवस्तु ।
कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगरवाट २४ लाख ५० हजार भारतीय रकम प्रहरीले बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा न १ लिंकगेट नजिकै वाट नेपाल भित्राउन लागिएको उक्त रकम प्रहरीले फेला पारेको हो । शसस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा एक व्यक्तिले सेनेटाइजर र औषधी भनेको र चेकजाँच गर्न थालेपछि झोला फालेर भागेको शसस्त्र प्रहरी कृष्णनगरका नायव उपरिक्षक शुशिल कुमार शाहीले बताए । स्थानीय जनप्रतिनिधिको रहोबरमा प्रहरीको टोलीले खोलेको झोलमा उक्त रकम फेला परेको उहाँले बताए । आज बिहान दशगजा भन्दा ५० मिटर भित्र नेपाली भुभागमा जाँच गर्दा स्वास्थ्य सामग्री भन्दै प्रहरी झुक्याउन खोजिएको शाहीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्