कनिका खबर
साउन २८,रौतहट ।
रौतहटको चन्द्रपर आज सुनसान देखिएको छ । हिजो चन्द्रपुरको मुख्य ब्यापारिक केन्द्रमा नै समुदाय स्तरमा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि चन्द्रपुरका स्थानीयमा त्रास उत्पन्न भएको छ । गत शनिबारदेखि रौतहट जिल्लामा नै निषेधाज्ञा जारी गरेको भए पनि चन्द्रपुरका स्थानीयले अटेर गर्दै हिजो साझसम्म घर बाहिर घुम्न निस्कने गरेका थिए । तर आज भने बिहानैदेखि चन्द्रपुर नगर क्षेत्रका नागरिकहरु चोक बजारमा देखिएका छैनन् ।
चन्द्रपुर चोक बजार लगायतका क्षेत्र अहिले सुनसान छ । ब्यावसाय गर्दै आएका ब्यापारीहरु पनि आज भने कोही देखिएका छैनन । सुरक्षा निकायका खटिएका प्रहरीहरुले पनि कडाइका साथ गस्ति गरिरहेका छन् । चन्द्रपुरको कोरोना सङ्क्रमित क्षेत्रमा नागरिकलाई अन्य गाउँ टोलमा समेत आवत जावत गर्न कडाइ गरिएको छ । चन्द्रपुर—३ गैडाटार प्रबेशमा समेत निषेध गरिएको छ । गैडाटार प्रबेशद्धार चादी नदीमा अस्थायी प्रहरी पोष्ट गैडाटारका प्रहरीहरु तैनाथ गरिएको छ ।
मा प्रकाशित


