ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन २८, दाङ ।
ब्राजिलमा कोरोना भाइरस कोभिड १९ सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार ब्राजिलमा कोरोनाका कारण एक लाख तीन हजार ९९ जनाको मृत्यु भएको हो । ब्राजिलमा कोरोना भाइरसबाट ३१ लाख १२ हजार तीन सय मानिस कोरोनाका कारण सङ्क्रमित भएका छन् । हाल सम्म दुइ लाख ४३ हजार मानिस भने कोरोना सङ्क्रमित भएर पनि स्वस्थ भएका छन् । ब्रजिल सबैभन्दा धेरै प्रभावित मुलुकमध्ये दोस्रो हो । सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा कोरोनाका कारण एक लाख ६७ हजार मानिसको मृत्यु भएको छ भने ५३ लाख पाँच हजार नौ सय मानिस कोरोनाबाट सङ्क्रमित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्