भारतमा २३ लाख बढि कोरोना भाइरसका सङ्क्रमित – Kanika Khabar
Monday, July 15Nepali News Portal

भारतमा २३ लाख बढि कोरोना भाइरसका सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन २८, दाङ ।
भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २३ लाख नाघेको छ । लगातार १४ औं दिनसम्म ५० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या २३ लाख नाघेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ६० हजार नौ सय ६३ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।

योसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या २३ लाख ३२ हजार नौ सय आठ पुगेको हो । यस्तै पछिल्लो २४ घन्टामा आठ सय ३४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४६ हजार दुइ सय १६ पुगेको छ । कोरोना सङ्क्रमणका कारण विश्वकै तेस्रो प्रभावित मुलुक भारतमा हालसम्म १६ लाख ३९ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्