ओली–दाहाल छलफल सकारात्मक, भोलि फेरि बस्ने – Kanika Khabar
Thursday, April 24Nepali News Portal

ओली–दाहाल छलफल सकारात्मक, भोलि फेरि बस्ने

    मा प्रकाशित

कनिका खबर
साउन २९, काठमाडौं

नौ दिनपछि भेटवार्ता गर्नुभएका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पछिल्लो विवाद सुल्झाउने गरी सकारात्मक छलफल गरेका छन् । दुई अध्यक्षबीचको आज बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार घण्टा लामो छलफल सकारात्मक भएको जनाइएको छ । दाहालको सचिवालयले भेटघाट सकारात्मक भएको र भोलि पुनः बस्ने सहमति भएको जानकारी दिएको छ । महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्री पनि परिवर्तनलगायतका समग्र विषयमा छलफल भएको छ । दोस्रो तहका नेताको लबिङपछि दुई अध्यक्षबीच भेटवार्ता तय भएको थियो । महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्मा दुई अध्यक्षबीच संवाद र सहमति जुटाउने कोशिषमा लाग्नुभएको थियो । आजको ओली र दाहाल छलफलमा केही समय पौडेल, पोखरेल र शर्मा पनि बसेका थिए । असार १० गते बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्