कोरोना भाइरस विरुद्धको खोपमाथि अन्तर्राष्ट्रिय स्तरमा उठेको चिन्तालाई रूसद्वारा खारेज – Kanika Khabar
Thursday, November 7Nepali News Portal

कोरोना भाइरस विरुद्धको खोपमाथि अन्तर्राष्ट्रिय स्तरमा उठेको चिन्तालाई रूसद्वारा खारेज

    मा प्रकाशित

कनिका खबर
साउन २९, दाङ
रूसले कोरोना भाइरस विरुद्धको खोपमाथि अन्तर्राष्ट्रिय स्तरमा उठेको चिन्तालाई खारेज गरेको छ । रूसले मंगलवार आफूले कोरोना भाइरस विरुद्धको खोप विकास गरेको दावी गर्दै मानिसमा लगाउनका लागि तयार रहेको बताएको थियो । दुई महिनामा मात्रै खोपको सफल परीक्षण भएको भन्दै रुसले विश्वकै पहिलो कोरोना विरुद्धको खोप विकास गरेको दावी गरेपछि जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकले सतर्क रहन भनेको छ । त्यसपछि रूसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले रुस कोरोना विरुद्धको खोपमा विश्वकै अग्रस्थानमा आउने भएकाले चिन्तित बनेको बताउनुभएको छ । उहाँले रुस औषधि सम्बन्धी प्रतियोगितामा अगाडी रहने र त्यसको फाइदा रुसलाई सबैभन्दा धेरै हुने चिन्ताले सताउन थालेको आरोप लगाउनुभयो । रूसी स्वास्थ्यमन्त्री मुराश्कोले पहिलेको चरणमा डाक्टरलाई खोप दिइने र त्यसपछि मानिसहरुका लागि उपलब्ध गराइने पनि उल्लेन गर्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्