कनिका खबर
साउन २९, चितवन ।
चितवनको भरतपुर अस्पताल सिल गरिएको छ । अस्पतालले आज एक सुचना जारी गर्दै आज बिहीबार साँझ ८ बजेदेखि अर्को सुचना जारी नहुँदासम्मका लागि अस्पताल सिल गरिएको जानकारी गराएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको हुँदा अस्पताल सिल गरिएको छ ।
अस्पतालमा कोभिड १९ परीक्षण प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका १२ सहित थप १६ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।
संक्रमित भएकाहरुमा भरतपुर महानगरपालिका वडा नम्बर २, ४, ७, १० का क्रमशः २३, ३०, २९, २० ३२, ३५, २३, २८ पुरुष र २५ बर्षिया एक महिला गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै राप्ती नगरपालिकाका वडा नम्बर ९ मा ३७ वर्षीया एक महिला रत्ननगर नगरपालिका वडा नम्बर १३ कि ६३ वर्षीय महिला र खैरहनी नगरपालिका वडा नम्बर ८ का २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी बिहीबार भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका २८ वर्षीय पुरुष, सर्लाहीका ४५ वर्षीय पुरुष, मकवानपुरकी २२ वर्षीय महिला र तनहुँकी २२ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।