इजरायल र यूएईबीच शान्ति सम्झौता – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

इजरायल र यूएईबीच शान्ति सम्झौता

    मा प्रकाशित

कनिका खबर
साउन ३०, दाङ ।
इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत् जानकारी दिनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र यूएईका क्राउन प्रिन्स मोहमद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक सफलताबाट मध्यपूर्वमा शान्ति बढ्नेमा जोड दिएका छन् । सम्झौताअनुसार इजरायलले वेष्ट बैंकको ठूलो हिस्सालाई मिलाउने आफ्नो योजना स्थगित गर्ने छ । अमेरिकामा यूएईका राजदूत युसुफ अल ओतैबाले पनि यो सम्झौतालाई कूटनीतिक र भूगोलका लागि एक जितको रूपमा व्याख्या गरेका छन् । सन् १९४८ मा इजरायल स्वतन्त्र भएपछि यो तेस्रो इजरायल–अरब शान्ति सम्झौता हो । यसअघि पूर्व मिस्रसँग १९७९ मा र जोर्डनसँग १९९४ मा सम्झौता भएको थियो । संयुक्त विज्ञप्तिमा लेखिएअनुसार दुवै देश मध्यपूर्वका लागि रणनीतिक एजेण्डा तय गर्न पनि अमेरिकाको साथमा रहने छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्