कनिका खबर
साउन ३०, काठमाडौँ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ ले कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको उपचारका लागि हाल बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउनु पर्ने माग गरेको छ । बन्द रहेको उक्त अस्पताल सञ्चालनमा ल्याई कोरोना सङ्क्रमितको सम्भावित जोखिमलाई न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोग गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सबै सम्बन्धित निकायसँग वडा कार्यालयले आग्रह गरेको हो ।
अस्पताल सञ्चालन गर्दा कुनै समस्या उत्पन्न भएमा वडा कार्यालय र महानगरले आवश्यक सहयोग गर्ने वडा अध्यक्ष मुकुन्द रिजालले सीआइएनसँग बताए । काठमाडौंमा कोरोना सङ्क्रमणको दर दिन प्रतिदिन बढ्दै गइरहेका कारण भोलिका दिनमा सङ्क्रमितको उपचारमा कठिन हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका कार्यालय, महानगरीय प्रहरी वृत बालाजु र महानगरीय प्रहरी वृत सोह्रखुट्टेसँग पनि वडाले अनुरोध गरेको छ ।
मा प्रकाशित