आज सुनको मुल्य फेरि बढ्यो – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

आज सुनको मुल्य फेरि बढ्यो

    मा प्रकाशित

कनिका खबर
साउन ३०, दाङ ।
साताको अन्तिम दिन आज सुनको मुल्य फेरि बढेको छ । हिजोको तुलनामा तोलामा आठ सय रुपैयाँले सुनको मुल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । आजका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । हिजोको तुलनामा चाँदीको मूल्यमा पनि बढोत्तरी भएर प्रतितोला १३ सय ५५ रुपैयाँ पुगेको छ । गत साउन २३ गते सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च एक लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्