भारतमा भाइरसको सङ्क्रमण दिनप्रतिदिन तीव्र बन्दै – Kanika Khabar
Friday, April 19Nepali News Portal

भारतमा भाइरसको सङ्क्रमण दिनप्रतिदिन तीव्र बन्दै

    मा प्रकाशित

कनिका खबर
साउन ३०, दाङ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण भारतमा दिनप्रतिदिन तीव्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार एक सय ४२ भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६ जनाको मृत्यु भएको छ । भारतमा सङ्क्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ । यस्तै कोरोनाका कारण ४८ हजार एक सय ४४ जनाको मृत्यु भएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिले सम्मकै धेरै हो । भारतमा अहिलेसम्म १७ लाख ५० हजारभन्दा धेरै निको भएका र सात लाख ६४ हजारको उपचार भइरहेको छ । जसमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्