भारतमा भाइरसको सङ्क्रमण दिनप्रतिदिन तीव्र बन्दै – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

भारतमा भाइरसको सङ्क्रमण दिनप्रतिदिन तीव्र बन्दै

    मा प्रकाशित

कनिका खबर
साउन ३०, दाङ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण भारतमा दिनप्रतिदिन तीव्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार एक सय ४२ भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६ जनाको मृत्यु भएको छ । भारतमा सङ्क्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ । यस्तै कोरोनाका कारण ४८ हजार एक सय ४४ जनाको मृत्यु भएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिले सम्मकै धेरै हो । भारतमा अहिलेसम्म १७ लाख ५० हजारभन्दा धेरै निको भएका र सात लाख ६४ हजारको उपचार भइरहेको छ । जसमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्