अपाङ्ग संघमा बहुउद्देश्यीय भवन निर्माणको योजना – Kanika Khabar
Thursday, December 12Nepali News Portal

अपाङ्ग संघमा बहुउद्देश्यीय भवन निर्माणको योजना

    मा प्रकाशित

कनिका खबर
दाङ, ३० साउन ।
नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङले अपाङ्ग पुनःस्थापना गृह संचालनका लागि बहुउद्देश्यीय भवन निर्माणको प्रक्रिया अघि बढाउने भएको छ । २०७५ साल देखि अपाङ्ग पुनःस्थापना केन्द्र संचालन गरेर सहारा विहीन अपाङ्गलाई आवासीय सुविधा उपलव्ध गराउँदै आएको नेपाल अपाङ्ग संघले सुविधा सम्पन्न अपाङ्ग मैत्री भवनको आवश्यकता महशुस गरेको हो ।
नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखाका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा आज शुक्रबार बसेको बैठकले अपाङ् पुनःस्थापना केन्द्र बहुउद्देश्यीय भवन निर्माण तथा संचालनका लागि निर्णय गरेको हो । हाल सहारा विहीन अपाङ्गता भएकाहरुलाई आवासीय सुविधा प्रदान गर्दै आइरहेको अपाङ्ग संघले नियमित संचालन खर्चका लागि विभिन्न निकायसंग सहयोग माग गर्ने निर्णय गरेको छ ।
नेपाल अपाङ्ग संघ दाङका सचिव भुमा चौधरीले दिएको जानकारी अनुसार बैठकले गत आर्थिक बर्षमा पुनःस्थापना केन्द्र संचालनका लागि सहयोग गर्ने घोराही उपमहानगरपालिका, प्रदेश सामाजिक विकास मन्त्रालय लगायत विभिन्न निकायहरुलाई धन्यवाद दिएको छ । यसैगरी घोराही उपमहानगरपालिका क्षेत्रमा रहेका अपाङ्गता भएकाहरुलाई सहायक सामग्री उपलव्ध गराउनका लागि अपाङ्ग संघलाई रकम सहयोग गरेकोमा नगरपालिकालाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहायक सामग्री उपलव्ध गराउनका लागि आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्