घोराहीमा खानेपानी संस्थाको निर्णय : १६० रुपैयामा अब १० हजार लिटर पानी – Kanika Khabar
Sunday, May 24Nepali News Portal

घोराहीमा खानेपानी संस्थाको निर्णय : १६० रुपैयामा अब १० हजार लिटर पानी

    मा प्रकाशित

दाङ, ३१ बैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका नवनिर्वाचित पदाधिकारीको पहिलो बैठकले उपभोक्तालाई थप सहुलियत दिने निर्णय गरेको छ । बैठकले एक सय ६० रुपैयाँमा उपभोक्तालाई दश हजार लिटर पानी उपलव्ध गराउने निर्णय गरेको हो ।

अहिलेसम्म आठ हजार लिटर मात्र पानी उपलब्ध गराउँदै आएकोमा अब दश हजार लिटर पानी उपलब्ध गराउने निर्णय गरेको संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । सस्थाका नवनिर्वाचित अध्यक्ष ध्रुव केसीको अध्यक्षतामा बसेको पहिलो बैठकले घोराहीलाई ग्रिन सिटीका रूपमा विकास गर्ने लक्ष्यअनुरूप उपभोक्तालाई वातावरणमैत्री सिलिक व्याग वितरण गर्ने समेत निर्णय गरेको छ ।

यसका साथै संस्थाको नियमित बैठक प्रत्येक महिनाको १० गते बस्ने र निर्वाचनमा सहयोग पु¥याउने उपभोक्ता, मतदाता, राजनीतिक दल, पत्रकार, नागरिक समाज, कर्मचारी तथा निर्वाचन समितिलगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

यसैबीच नवनिर्वाचित कार्यसमितिले बिहीबार एक कार्यक्रमका विच शपथ ग्रहण तथा पदहस्तान्तरण गरेको थियो । मुख्य निर्वाचन अधिकृत रेवतीरमण भट्टराईले अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्षलगायतको कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत भट्राईले शपथ ग्रहण गराएका थिए । उक्त कार्यक्रमको सहजीकरण निर्वाचन अधिकृत भूपबहादुर केसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्